बीपी राजमार्गः यात्रुलाई सास्ती, पुनर्निर्माणमा ढिलाइ (तस्बिरहरू)

बीपी राजमार्गः यात्रुलाई सास्ती, पुनर्निर्माणमा ढिलाइ (तस्बिरहरू)
+
-
देशसञ्चार AI सारांश
  • बाढीपहिराले बिपी राजमार्गको विभिन्न खण्डमा ठूलो क्षति पुर्याएका कारण हजारौं यात्रुले सास्ती भोगिरहेका छन्।
  • राजमार्ग पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ तर स्रोत सुनिश्चित छैन।
  • सरकारी निर्णय र आर्थिक सहायता बिना क्षतिग्रस्त सडक पुनर्निर्माणको सम्भावना कम छ, यात्रुले कच्ची सडकमै यात्रा गर्नुपर्नेछ।

काठमाडौँ- गत असोजमा आएको बाढीपहिराले बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास)को केही खण्डमा ठूलो क्षति पुर्याएका कारण यात्रुहरूले सास्ती भोगिरहेका छन्।

विशेषगरी कटुञ्जेबेशी, मंगलटार र नेपालथोक क्षेत्रमा बाढीले सडक पूर्ण रूपमा बिगारेपछि बनाइएको डाइभर्सन सडक कच्ची र धुलाम्मे भएको छ, जसले गर्दा दशैंको बेलामा यात्रा गर्ने हजारौं यात्रुलाई झन् समस्या भएको छ।

क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा यो रकम खर्च हुनेछ, तर अहिलेलाई पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भइसकेको छैन।

यसैगरी, काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्मको १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो।

जापान सरकारको सहयोगमा २०५३/५४ देखि निर्माण सुरु भएको यो १ सय ६० किलोमिटर लामो राजमार्ग २०७२ असारमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। अहिले भने सरकारी निर्णय र आर्थिक सहायता बिना यो क्षतिग्रस्त सडक पुनर्निर्माण हुने सम्भावना कम छ, जसले गर्दा यात्रुहरूले अझै केही समय कच्ची सडकमै यात्रा गर्नुपर्ने देखिन्छ।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?