अर्थ मन्त्रालयले गर्‍याे खर्चमा व्यापक कटौती, अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा रोक (निर्णयसहित)

अर्थ मन्त्रालयले गर्‍याे खर्चमा व्यापक कटौती, अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा रोक (निर्णयसहित)
+
-
देशसञ्चार AI सारांश
  • अर्थ मन्त्रालयले पूँजीगत खर्च सुधारका लागि विगतमा सहमतिप्राप्त तर काम सुरु नभएका आयोजनाहरूको बजेट रोक्का गरेको छ।
  • नयाँ सवारी साधन खरिद, विदेशी भ्रमण, र विज्ञ परामर्श सेवामा रोक लगाई आवश्यक बाहेक केन्द्रित खर्चलाई नियन्त्रणमा राखिएको छ।
  • प्रशासनिक पदाधिकारीहरूको लागि पुराना सवारी साधन मर्मत गर्दै, निजी कामका लागि संस्थानका साधन उपयोगमा रोक लगाइएको छ।

काठमाडौँ- अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता र पूँजीगत खर्चमा सुधार ल्याउन विभिन्न निर्णयहरू गरेको छ।

मन्त्रालयले गरेका निर्णयहरूलाई तल विस्तृतमा उल्लेख गरिएको छ।

क. पूँजीगत खर्चमा प्राथमिकता तथा पूँजीगत खर्च व्यवस्थापन

१. बजेट रोक्का तथा संशोधन:

  • सहमतिप्राप्त आयोजनाहरू: विगतमा स्रोत सहमति पाएका तर काम सुरु नभएका आयोजनाहरूको बजेट रोक्का गरिएको छ।
  • लेखा व्यवस्थापन प्रणाली (LMBIS): मन्त्रालयको लेखा व्यवस्थापन सूचना प्रणाली (LMBIS) मा प्रविष्टि नभएका, पूर्व तयारी पूरा नभएका, र रोष्टरमा समावेश नभएका आयोजनाहरूको बजेट रोक्का गरिएको छ। यो निर्णय आर्थिक वर्ष २०८१/८२ देखि नै लागू हुनेछ।
  • उद्देश्यबाहिरको खर्च: बजेटको शीर्षकमा विनियोजन गरिएको रकमलाई त्यसको मूल उद्देश्यभन्दा बाहिर खर्च गर्न नपाइने गरी रोक लगाइएको छ।
  • एकमुष्ट बजेट रोक्का: एकभन्दा बढी शीर्षकमा एकमुष्ट बजेट राखी उपयोगिता नदेखिएको र औचित्य पुष्टि हुन नसकेको आयोजनाहरूको बजेट पूर्ण रूपमा रोक्का गरिएको छ।
  • प्रदेश र स्थानीय तहका आयोजना: प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएका तर संघीय सरकारबाट सञ्चालन हुने कुनै पनि आयोजनाहरूको बजेट तत्काललाई रोक्का गरिएको छ।
  • पछिल्लो आर्थिक वर्षको काम: अघिल्लो आर्थिक वर्षको फरफारक हुन बाँकी क्रियाकलापहरू, जसको भुक्तानी दिन बाँकी छ, त्यसलाई सम्बन्धित मन्त्रालयले फरफारक गरेर अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ।
  • ठेक्का लागेका आयोजना: ठेक्का सम्झौता भइसकेका वा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेका आयोजनाहरूलाई भने आवश्यक रकम अर्थ मन्त्रालयबाट पूर्व स्वीकृति लिएर भुक्तानी दिने व्यवस्था मिलाइएको छ।
  • कन्टिजेन्सी रकममा कटौती: निर्माण कार्यको लागत अनुमान गर्दा १ करोडसम्मको आयोजनामा कन्टिजेन्सी रकम शत प्रतिशत र १ करोडभन्दा माथिको आयोजनामा २ प्रतिशतमा सीमित गरिएको छ।

ख. चालु खर्चमा नियन्त्रण

  • नयाँ कार्यक्रममा रोक: चालु आर्थिक वर्ष २०८२/८३ को बजेट बनाउँदा बजेट सूचना प्रणालीमा नयाँ कार्यकलाप/कार्यक्रम नथप्न निर्देशन दिइएको छ।
  • बजेट रकमान्तर: कुनै पनि शीर्षकमा बजेटको आवश्यकता भएमा, बजेट रकमान्तर गरेर मात्र खर्च गर्नुपर्नेछ।

ग. प्रशासनिक खर्चमा मितव्ययिता

१. भत्ता, परामर्श र विदेश भ्रमण:

  • बैठक भत्तामा कटौती: सरकारी निकायका पदाधिकारी तथा कर्मचारीलाई कामको सिलसिलामा हुने बैठकमा बैठक भत्ता दिइने छैन।
  • सरकारी आवास र भत्ता: सरकारी आवास प्रयोग गर्ने पदाधिकारीले अन्य आवास सुविधा वा बासको रकम लिन पाउने छैनन्।
  • विज्ञ परामर्शमा रोक: सरकारी निकायमै उपलब्ध जनशक्तिबाट सम्पादन हुन सक्ने काममा विज्ञ परामर्श सेवा लिन पाइने छैन।
  • विदेशी भ्रमणमा नियन्त्रण: अत्यावश्यक बाहेक अध्ययन, गोष्ठी, तालिम वा सेमिनारको नाममा गरिने विदेश भ्रमणमा रोक लगाइएको छ।
  • राजस्व तथा गैर-राजस्व असुली: राजस्व तथा गैर-राजस्व असुलीलाई प्रभावकारी बनाउन अन्तर्गतका निकायहरूलाई जिम्मेवार बनाइएको छ।

२. सवारी साधन र भौतिक संरचना:

  • सवारी साधन खरिदमा रोक: राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूको सुविधाका लागि नयाँ सवारी साधन खरिद गर्न रोक लगाइएको छ। पुराना सवारी साधनहरूलाई मर्मत सम्भार गरी उपयोग गर्नुपर्नेछ।
  • सार्वजनिक संस्थानका सवारी साधन: सार्वजनिक संस्थानले राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई निजी कामको लागि सवारी साधन उपलब्ध गराउन पाउने छैनन्।
  • भौतिक संरचना र मर्मत सम्भार: कार्यालयहरूले अनावश्यक भौतिक संरचना निर्माण गर्न पाउने छैनन्। उपलब्ध पुराना भौतिक सामग्रीहरू जस्तै- फर्निचर, कम्प्युटर, डेस्कटप आदि मर्मत गरी पुनः प्रयोग गर्नुपर्नेछ।

३. अन्य व्यवस्थापन:

  • कर्मचारी व्यवस्थापन: स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ।
  • नयाँ दरबन्दी सिर्जना: अत्यन्त आवश्यक भएमा मात्रै नयाँ दरबन्दी सिर्जना गर्न सकिनेछ।
  • सुरक्षा गार्ड र अन्य सुविधा: नेपाल सरकारको नियमानुसार बाहेक कुनै पनि पदाधिकारीलाई अतिरिक्त सुरक्षा गार्ड र अन्य सुविधा दिन पाइने छैन।

यी निर्णयहरूले सार्वजनिक खर्चको व्यवस्थापनलाई अझ पारदर्शी र प्रभावकारी बनाउनका साथै स्रोत र साधनको अधिकतम उपयोग गरी विकासका कार्यहरूलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?