-  नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारको राहत प्याकेजलाई आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँगको सहकार्यको उदाहरण भनेको छ।
 -  अटोमोबाइल प्रतिनिधिहरूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटेर उद्योग पुनर्जीवित गर्न विशेष राहत प्याकेजको माग गरेका थिए।
 - अटोमोबाइल क्षेत्रले रोजगारी सिर्जना गर्ने र राजस्व दिने भए पनि प्रदर्शनले यसमा ठूलो क्षति पुर्याएको छ।
 
काठमाडाैँ – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सरकारले घोषणा गरेको राहत प्याकेजलाई स्वागत गरेकाे छ। यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्र्जीवित गर्न प्रतिबद्ध रहेको नाडाकाे भनाइ छ।
नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी आन्दोलनका कारण गम्भीर रूपमा प्रभावित अटोमोबाइल उद्योग तथा व्यवसायलाई पुनर्र्जीवित गर्न विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो।
‘ हाम्राे अनुरोधलाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गरी निर्णयमा परिणत गरेको देख्दा हामी सबै उद्योगी व्यवसायीले आत्मबल पाएका छौं। यसले सरकार निजी क्षेत्रको आवाजलाई कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जान तयार रहेको प्रमाणित गरेको छ’, विज्ञप्तिमा उल्लेख छ।
अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्र हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौ रोजगारी सिर्जना गर्दछ, कर–राजस्वको ठूलो हिस्सा प्रदान गर्दछ, र आधुनिक जीवनशैली तथा गतिशील अर्थतन्त्रको मेरुदण्ड बनेको छ। तर पछिल्ला घटनाले गर्दा यो क्षेत्रमा ठूलो धक्का पुगेको थियो। प्रदर्शन र अशान्तिबाट धेरै शो–रुम, गाडी, गोदाम र सम्पत्ति क्षतिग्रस्त भए आपूर्ति श्रृंखला अवरुद्ध भयो र ग्राहकहरूको विश्वासमा समेत असर पर्न पुग्यो। यस्तो कठिन अवस्थामा सरकारले ल्याएको राहत प्याकेज उद्योगी व्यवसायीका लागि ठूलो ढुक्क र हौसला दिने आधार बनेको बताएकाे छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































