
काठमाडौँ– सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।
जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेकाहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।
ओलीसहित रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायतको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाको पासपोर्ट रोक्का गर्न पनि सरकारले छलफल गरिरहेको सरकारको उच्च स्रोतले देशसञ्चारसँग पुष्टि गरेको छ।
स्रोतका अनुसार सरकारले अध्यागमन विमागसँग पनि पासपोर्ट रद्द गर्ने प्रक्रियाको बारेमा छलफल गरेको छ।
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र तोडफोडबारे अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाइसकेको छ।