काठमाडाैँ – होटल सब्रिना लिमिटेडले आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। उक्त आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको छ।
कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको हो। आइपिओ निष्कासनका लागि कम्पनीले एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा होटल सब्रिना सञ्चालन गरिरहेको छ। होटलले पाँचतारे होटलमा अपग्रेड हुन वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेको छ। यो होटल १२० कोठासहित नयाँ स्वरुपमा सञ्चालनमा आएकाे छ।
यस अघि होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएकोमा अब कम्पनीले अर्को अन्तराष्ट्रिय ब्राण्ड ल्याउने तयारी गरेको छ । कम्पनीका अध्यक्ष निराजन थापा रहेका छन्।


                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































