
- दश लाखसम्म पुँजी भएका उद्योगहरूलाई अब स्थानीय तहमा दर्ता गर्न कानूनी व्यवस्था गरिएको छ।
- उपभोक्ता हित संरक्षण कार्यालयले दुई हजार ७३५ उद्योगहरूलाई सम्बन्धित गाउँपालिकामा पठाइसकेको उल्लेख गरेको छ।
- कूल ७४ वाणिज्य फर्महरू पनि स्थानीय तहमा कार्यालयले विवरण पठाएको छ।
हुम्ला – दश लाखसम्म पुँँजी भएका उद्योग गाउँँपालिकामै दर्ता हुन सुरु भएको छ। कर्णाली प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशन गरी यस्ता उद्योग स्थानीय तहमा दर्ता गर्न सकिने कानुनी ब्यवस्था गरेपछि गाउँपालिकाले दश लाखसम्म पुँजी भएका उद्योग दर्ता गर्न थालेकाे हो।
उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुन जोसीका अनुसार प्रदेश सरकारले कनूनी रुपमै ब्यवस्था गरे अनुसार यस आवबाट दश लाखसम्मको पुँजी भएका उद्योगहरु स्थानीय तहमा दर्ता गर्ने कार्य सुरु भएको छ। यसअघि उक्त पुँँजी भएका उद्येगहरु आफ्नो कार्यालयमा दर्ता हुने गरे पनि अब भने स्थानीय तह मै दर्ता सुरु भएको होे।
यी उद्योग स्थानीय तहमा दर्ता सुरु हुन थाले पछि यसअघि उपभोक्ता हित संरक्षण कार्यालयले आफु अन्र्तगत दर्ता भएका उक्त पुँँजीसम्मका उद्योगहरु सम्वन्धित गाउँपालिकामा पठाई सकेको छ। उक्त कार्यालयले सात वटै गाउँपालिका गरि दुई हजार ७३५ उद्योगहरु गाउँपाालिकामा पठाएको जनाएको छ।
गाउँपालिका अनुसार दश लाखसम्म पुँजी भएका जसलाई कार्यालयले स्थानीय तहमा बिबरण पठाएका उद्योगहरुमा नाम्खामा १५९, सिमकोटमा एक हजार २५, खार्पुनाथमा २३०, सर्केगार्डमा ४५१, चङ्खेलीम २७४, अदानचुलीमा ३६९ र ताँजाकोटमा २३२ वटा रहेका छन। त्यसैगरि बाणिज्यतर्फका ७४ फर्महरु पनि स्थानीय तहमा कार्यालयले पठाएको जनाएको छ।
अघिल्लो वर्ष कार्यालयले तीन लाखसम्म पुँँँजी भएका उद्योगहरुको दर्ता तथ नबिकरण गर्ने कार्य स्थानीय तहले गर्ने गरि बिबरण पठाएको थियो। कानूनी ब्यवस्थापछि दश लाखसम्म पुँँजी भएका उद्योग गाउँ पालिकामा दर्ता सुरु भएका छन्।