
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्।
प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकी हुन्।
उनले भनिन्,’आन्दोलनका क्रममा जेन–जी विद्यार्थी तथा युवा युवतीले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्बद्ध दोषीहरूउपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ।’
तत्कालीन केपी ओली नेतृत्वको सरकारले भदौ २३ गते जेन–जी आन्दोलनमा बर्बर दमन गर्दा एकैदिन १९ जनाको मृत्यु भएको थियो। हालसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्।