
जनकपुरधाम- धनुषामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १७ वर्षीय राहुल महतो रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस्तै, उक्त दुर्घटनामा परेर १६ वर्षीय कुश मिश्र घाइते भएका छन् । बिहीबार राति करिब साढे १० बजेको समयमा कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।