
काठमाडौँ – पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको बताएका छन्।
शुक्रबार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको बताएका हुन्।
उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको उल्लेख गरे।
उनले भने, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’