ताक्लाकोटबाट दसैँका लागि हुम्ला फर्कने बढे

ताक्लाकोटबाट दसैँका लागि हुम्ला फर्कने बढे
+
-

हुम्ला – रोजगारी तथा ब्यापारका लागि चीनको पुराङ काउण्टीको ताक्लाकोटबाट फर्कने हुम्लावासीको संख्या वृद्धि भएको छ। नेपालीहरूको महान् चाड बडादसैँको लागि ताक्लामा ब्यापार ब्यवसाय र काम गर्ने हुम्लावासी फर्किन थालेका हुन्।

ताक्लाकोटबाट हिल्सा हुँदै जिल्लामा फर्कनेको संख्या बढेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए। उनीहरू दसैँको घटस्थापना सुरु भएपछि ताक्लाकोटबाट फर्कन थालेका हुन्। फर्कनेहरू अधिकांश दसैँका लागि फर्कने गरेका छन्।

अरु बेला हुम्लावासी हिल्साबाट ताक्लाकोटतर्फ जाने संख्या धेरै भए पनि घटस्थापनायता भने चीनको ताक्लाकोटबाट हिल्सा हुँदै नेपाल फर्कनेको संख्या बढिरहेको उनले बताए।

हिल्साबाट ताक्लाकोटतर्फ जाने संख्या भने शून्य छ। दैनिक चालीसदेखि पचास जना हुम्लावासी नेपाल फर्किरहेका छन्। वैशाखमा गएका हुम्लावासी यतिबेला जिल्लामा फिर्ता हुन थालेका हुन्।

ताक्लाकोटमा एक हजारभन्दा बढी हुम्लाका स्थानीय काम तथा ब्यापार गरेर बस्दै आएका छन्। बडादसैँँ लामा समुदायले नमान्ने भएका कारण यतिबेला ताक्लाकोटबाट नेपाल फर्कने अन्य जातिका स्थानीय छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?