
काठमाडौँ– १० बज्नै लागिसक्यो। फर्कनुछ ‘हाइकिङ’ गरेर, आजै।
असोज ३, संविधान दिवस पनि। ६० जनाको समूह बन्यो। सबैजना हाइकिङमा जान पूरापुर तयार। त्यही ६० जनामा ३५ जना अपांगता भएका व्यक्ति पनि ‘हाइकिङ’कै लागि तयारीमा थिए।
काठमाडौँको यो सहरीकरणभित्र आलसतालस भएका हरकोही हाइकिङका लागि इच्छुक नहुने कुरै भएन। कोलाहल सहरभन्दा टाढा। शान्त। मन नपर्ने कमैलाई होला।
हाइकिङ भनेको पैदल कठिन यात्रा गर्नु पनि हो। त्यसैले मन भएपनि आँट सबैकहाँ नहुन सक्छ। अझ आपांगता भएका व्यक्तिले हाइकिङ गर्नु अर्को साहस लिनु हो।
१० बज्दै गर्दा हामी ६० जनाको समूह हाइकिङका लागि निस्कियौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित जोरपाटीबाट हाइकिङका लागि यात्रा सुरु भयो।
साथमा टिकटकर आयुस-एलिजे पनि हाइकिङमा साथ दिने भए।
जोरपाटीबाट उत्तरतर्फ बागमती नदीको किनारै-किनार हाइकिङका लागि यात्रा सुरु भयो। ३५ जना जो हिड्न सक्दैनथे। उनीहरू ह्वीलचियरमा बसे। शरीरको तलतिरको आधाभाग नचलेको पो हो हाइकिङ गर्ने साहस त कम थिएन।
ह्वीलचियर गुड्न थाल्यो। अर्थात उनीहरू आफै हातको सहरामा ह्वीचियर गुडाएर अघि बढे। बागमती नदीको किनारै-किनार दुवैतिर सडक पनि छ। सडकभित्र नदी किनारमा अपांगतामैत्री फुटपाथ पनि छ। जहाँ ह्वीलचियरमा हिड्न कठिन भएन।
खाजा खानै बाँकी छ।
खाना खाएर फेरि जोरपाटी फर्कनुछ। करिब २ किलोमिटर हिडेपछि गोकर्णेश्वर मन्दिर पुगियो। छेउमै गोकर्णेश्वर वडा नम्बर ४ को वडा कार्यालय पनि।
खाजा खाने व्यवस्था त्यतै भएको रहेछ। खाजा भयो। एकघण्टाको खाजा समयपछि उसैगरी हाइकिङका लागि टोली तयारी भयो। गोकर्णेश्वर मन्दिर अगाडिको सडकबाट ह्वीलचियर गुडाउँदै उत्तरतर्फ टोली बढ्यो।
हाइकिङ कसरी सहज हुन्थ्यो र! सहरको कोलाहल सकिएकै छैन। सहरको किनारमा पुग्नुछ। ह्वीलचियरमा गुड्दै अगाडि बढियो। हाइकिङ अपांगता भएका व्यक्तिलक्षति थियो।
त्यसैअनुसार सडक किनारमा हिड्नुथियो।
सडक त कहाँ सिधा मात्र हुन्छ र! हुँदैन। उकालो-ओरालो पनि हुन्छ। ह्वीलचियर उकालोमा चढ्नै नमान्ने। तर हाइकिङका लागि तयारी भएका उनीहरू ह्वीचियरलाई उकालोमा पनि गुडाउन साहस निकाले।
कतिपय सहाराबिनै उकालो चढे पनि। कतिपयलाई सहयोगी चाहियो। पिच गरिएको सडक भन्दा कच्ची सडकमा ह्वीलचियर गुडाउन अझै कठिन। त्यसैमा उकालो पनि पर्यो भने अझ कठिनाई थप हुने।
तर हाइकिङ त गर्नुछ।
यस्तै कठिनबाटोमा सुस्ताउँदै हिड्दै गर्दा दिनको १ बजेतिर खानाको समय मिल्यो, सुन्ताखानतिर।
हाइकिङमा कस्तो लाग्दैछ? ह्वीलचियरमै बसेर दिलिप सापकोटा अनुभव सुनाउँदै भन्छन्– ‘रमाइलो छ। कठिन पनि छ। त्यो सहरको कोलाहलबाट टाढा आउन पाउँदा फरक अनुभव भइरहेको छ।’
जोरपाटी, माकलबारी हुँदै सुन्ताखानसम्म पुग्दा थकानले भेटिसकेको थियो। ह्वीलचियर गुडाउँदा कतिपय दुखाइ सुरु भएका हात देखाउँदै थिए।
अझै पनि हाइकिङ बाँकी नै छ। झण्डा पार्क जानुनै छ। भाइरल रोड जान बाँकी छ।
टोली अघि बढ्यो।
झण्डा पार्क पुग्यो। तस्बिर कैद गर्दै केही समय यही बित्यो जसरी अगाडि बितिरहेको थियो। साँझ पर्दैछ। टाढा पूर्वको कुनै भुगोलतिर पानी परिरहेका छ। उचाइमा पुगेका हामीले त्यसलाई देख्न असहज भएन।
पनि यहाँ पनि आउँछ कि मनमा डर छ।
अघि उकालो चढेको अब भने अरोलो झर्नुछ। ओरालो झर्न पनि ह्वीचियरमा सहज छैन। त्यही पनि आँट छ ओराली झर्न।
झण्डापार्कबाट ओरालो झर्न थालेको टोली जोरपाटीसम्मै आइपुग्यो साँझ ५ बजेतिर।
सिमसिमे पानी पनि आइपुग्यो।
थकित शरीर। तर मनमा उत्साह उत्कर्षमै छ।
किन यसरी ह्वीचियरमा हाइकिङ गर्नुपरेको? बिआइएका म्यानेजिङ डिरेक्टर गोकर्ण ढुङ्गाना भन्छन्– ‘अपांगमैत्री पर्यटन पर्वद्धन गर्न हो। सधै अपांग छु सक्दैन भन्नेका लागि यसरी पनि हाइकिङ गर्न सकिन्छ भन्ने सन्देश दिन पनि हो।’
यसअघि पनि बिआइएले ह्वीचियर हाइकिङ गरेको थियो।
बिआइए इन्सिच्युटको आयोजनामा भएको हाइकिङ यस इन्सिच्युट अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको संस्था हो।