
दाङ – लमहीमा शनिबार बेलुका बस र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा लमही नगरपालिका -५ निवासी वर्ष २४ का शिशिर खड्का र सोही ठाउँ निवासी वर्ष १९ का राजन चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिए।
बेलुका ७ बजेको समयमा लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ ख १८५३ नम्बरको बस र पुर्व बाट पश्चिमतर्फ आइरहेको लु ७९ प ५५२५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि लमही अस्पताल लगिएको थियो, त्यहाँ प्राथमिक उपचार पछि घाइते खड्कालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको छ, उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । चौधरीको दुबै हात र एउटा खुट्टा भाँचिएको छ, उनलाई नेपालगन्ज रिफर गरिएको छ ।