
काठमाडौँ– पहिरोले देशका तीन विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
वर्षासँगै आएको बाढी-पहिरोका कारण संखुवासभा र रसुवा क्षेत्रमा सडकखण्ड पूर्णरुपमा बन्द भएका हुन्।
सङ्खुवासभाको भोटेखोला गाउँपालिका ४ बरुण र मकालु गाउँपालिका ३ एकुवा क्षेत्रअन्तर्गत पर्ने कोशी राजमार्ग पहिरोले ठप्प रहेको छ।
यस्तै रसुवाको गोसाइगुण्ड गाउँपालिका २ नेपाल-चीन जोड्ने पुलक्षेत्रमा बाढीमा आउँदा यस सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।
–फाइल तस्बिर