
काठमाडौँ- काठमाडौँ महानगरपालिका- २० भीमसेनस्थान नजिक सोमबार बिहान आगलागी भएको छ।
प्रहरीका अनुसार बिहान करिब ३ बजे आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतका ६ वटा दमकल खटिएका थिए।
स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ। आगो तीन वटा घर र एक मन्दिरमा लागेको स्थानीय बताउँछन्।
हालसम्म क्षतिको विवरण संकलन भइरहेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।