
युएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ। दिपेन्द्र सिंह ऐरी आसिफ शेख र ललित राजवंशीको स्थानमा आरिफ शेख, लोकेश बम र सहाब आलामले प्लेइङ ११ मा स्थान बनाएका छन्। अन्य खेलाडी भने यथावत छन्।
पहिलो र दोस्रो खेलमा जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको नेपाल आज अर्को कीर्तिमानका लागि मैदान उत्रिंदै छ। नेपाल कुनै पनि टेस्ट टोलीविरुद्ध क्लिन स्विपको कीर्तिमा रच्न मैदान उत्रिने लक्ष्यमा रहँदा वेस्टइन्डिज भने आफ्नो प्रतिष्ठा जोगाउन मैदान उत्रिदैछ।
पहिलो खेल १९ रन र दोस्रो खेलमा ९० रनको प्रभावसालि जीत निकालेको नेपाल दुई पटकको विश्वच्याम्पियन वेस्ट इन्डिजविरुद्ध एकपक्षीय रुपमा हाबी भयो।
वेस्टइन्डिज दोस्रो खेलमा कुनैपनि समय आफूलाई नियन्त्रणमा राख्न सकेन। नेपाली टोली भने दोस्रो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा अब्बल सावित भएको थियो।