अन्तिम खेलमा वेस्टइन्डिजको प्रभावसाली जित,नेपाल १० विकेटले पराजित

अन्तिम खेलमा वेस्टइन्डिजको प्रभावसाली जित,नेपाल १० विकेटले पराजित
+
-
देशसञ्चार AI सारांश
  • वेस्टइन्डिजले नेपाललाई अन्तिम खेलमा १० विकेटले हराउँदै प्रतिष्ठाको लागि महत्वपूर्ण जित हासिल गर्यो।
  • नेपालले टस हारेर ब्याटिङ गर्दै १९.५ ओभरमा १२२ रनमा सिमित हुँदै टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक १० विकेटले पराजित भयो।
  • वेस्टइन्डिजले ४६ बल बाँकी हुँदै १ सय २३ रनको लक्ष्य विना विकेटको क्षतिमा पुरा गर्यो।

नेपाल र वेस्टइन्डिज बिच जारी ‘युनीटी कप टी-२०’ द्विपक्षीय सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज विजयी भएको छ। प्रतिष्ठाका लागि पनि जित्नै पर्ने खेलमा वेस्टइन्डिजले फराकिलो जित निकाल्न सफल भयो।

सुरुवाती दुई खेल जित्दै अन्तिम खेल अगावै सिरिज जितेको नेपाल विरुद्ध अन्तिम खेलमा वेस्टइन्डिजले १० विकेटको जित हासिल गर्यो। टी-२० अन्तर्राष्ट्रियमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले १९ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी बाहेक कप्तान रोहित पौडेलले १७ रन बनाउँदा कुशल मल्लले १२ रन बनाए। त्यस्तै गुल्सन झाले १० रन बनाउँदा सन्दीप जोराले १४  रन बनाए। पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भएको थियो।

वेस्टइन्डिजका लागि रामोन सिमोन्ड्सले ४ विकेट लिंदा जेडिया ब्लाडेसले २ तथा ज्यासन होल्डर र अकिल होसेनले १-१ विकेट लिए।

१ सय २३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले उक्त लक्ष्य ४६ बल बाँकी हुँदै विना विकेटको क्षतिमा पुरा गर्यो। वेस्टइन्डिजक लागि अमिर जंगोले ७४ रन बनाउँदा अकिम अगस्टले ४१ रनको अविजित इनिङ खेल्दै पहिलो विकेटका लागि १२.२ ओभरमा अविजित १ सय २३ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरे। यो सँगै नेपालले तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?