
अ
+
अ
अ
-
काठमाडौँ– विजयादशमीको दिन नवदुर्गा भवानीको प्रसादको रुपमा शीरमा लगाइने जमरा आज काठमाडौँको चोक-चोकमा बिक्रीका लागि राखिएको छ।
घटस्थापनाको दिनमा घर-घरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन्।
प्रति टपरी १०० देखि १५० रुपैयाँसम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।