
राजापुर- बर्दियाको राजापुर नगरपालिका–६, खल्लाजयपुर लगायतका क्षेत्रमा थारु समुदायले आफ्नै मौलिक परम्पराअनुसार टीका र मकैको जमरा लगाएर यस वर्षको दशैँ (दश्या) हर्षोल्लासका साथ मनाएका छन्।
दशैँ नजिकिँदै गर्दा पश्चिम नेपालको तराई, विशेष गरी बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, बाँके र सुर्खेत जिल्लाका थारु बस्तीहरूमा विशेष चहलपहल बढ्छ। हिन्दु परम्परासँग मिल्दोजुल्दो भए पनि थारु समुदायले दशैँलाई ‘दश्या’ भन्दै आफ्नै मौलिक संस्कृति र धार्मिक अनुष्ठानअनुसार मनाउने गर्छन्।
थारु समुदायमा दशैँको नवौँ दिन विशेष महत्वका साथ मनाइन्छ। यस समुदायमा टिका लगाउने चलन भए पनि कतिपयले रातो टिका र कतिपयले सेतो टिका लगाउने गर्दछन्। जमरामा पनि परम्परागत जौँको सट्टा मकैको जमरा लगाउनु उनीहरूको विशिष्ट पहिचान हो।
दश्या पर्वलाई माघी र अट्वारी पछिको थारु समुदायको अर्को ठूलो चाड मानिन्छ, जसका आफ्नै मौलिक संस्कृति र परम्परा छन्।
तस्बिरहरूः