
अ
+
अ
अ
-
पोखरा– बाग्लुङको ताराखोलामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ताराखोलाबाट गलकोटको हटियाँतर्फ हिँडेको ग १ ज ६१०० नम्बरको जीप ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै आएपछि दुर्घटना भएको हो।
सडकबाट ताराखोलामा जिप खस्दा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय दिनेश थापाको मृत्यु भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका थिए। तीमध्य ५ जना गलकोट नगर अस्पतालबाट सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गम्भिर घाइते गलकोट नगरपालिका–५ सर्दाखेतका ४३ वर्षीय वीरबल परियारलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ।