
अ
+
अ
अ
-
चितवन जिल्ला प्रशासन कार्यालयले जिल्लाको राजमार्गमा सवारी चलाउन रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार बसेको सुरक्षा, होटेल व्यवसायी संघ (हान) र सरोकारवालाको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।
बैठकले बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटेलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटेलमा बस्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।