
देश सञ्चार
असोज १८, २०८२

अ
+
अ
अ
-
अविरल वर्षाका कारण निम्तिएको संकटका कारण नेकपा एमालेको सचिवालय बैठक सरेको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आइतबार बस्ने पार्टीको सचिवालय बैठक शुक्रबारका लागि सारिएको हो।
अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले जानकारी दिए।
त्यस्तै, एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ सम्म बस्ने गरी तय भएको छ।
यसअघि जेनजी आन्दोलनका कारण पार्टीमा निम्तिएको समस्याबारे छलफल गर्न असोज १२ मा एमालेको सचिवालय बैठक बसेको थियो।
एमालेभित्र पार्टी पुनर्गठन र पुनर्संरचनाको प्रश्न उठिरहे पनि अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे कसैले पनि भन्न सकेको छैन।

