
इलाम- अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको क्षति पुगेपछि नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्र पारेको छ।
आज इलामको माङसेबुङ गाउँपालिका–१ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडा र मानेभञ्ज्याङ क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्याएपछि नं. २१ वाहिनी अड्डा तथा मातहतका युनिटहरूबाट सेनाको टोली खटाइएको हो।
सोही क्रममा माङसेबुङ–१ पातीगाउँमा घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
उद्धार गरिएका मध्ये एक जना पुरुष र एक गर्भवती महिला रहेका छन्। उनीहरूलाई थप उपचारका लागि धरान पठाइएको नेपाली सेनाले जनाएको छ।