सभामुख घिमिरेद्वारा बाढी-पहिरोपीडितलाई राहत र उद्धारमा सहयोग गर्न अपील

सभामुख घिमिरेद्वारा बाढी-पहिरोपीडितलाई राहत र उद्धारमा सहयोग गर्न अपील
+
-

काठमाडौँ- सभामुख देवराज घिमिरेले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।

उनले सरकारका तर्फबाट उद्धार तथा पुनर्स्थापनाका लागि सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली र स्वयंसेवकलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत पुर्‍याउन ध्यानाकर्षण गराएका छन्।

“यस चुनौतीपूर्ण घडीमा हामी सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपदलाई पार गर्न सक्छौं,” विज्ञप्तिमा भनिएको छ। सभामुख घिमिरेले उद्धार तथा राहतमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै नागरिकमा अपिल गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?