आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना

आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना
+
-
देशसञ्चार AI सारांश
  • आश्विन शुक्ल पूर्णिमामा महालक्ष्मीको विशेष पूजा गरी कोजाग्रत व्रतसँगै दशैँ पर्व औपचारिक रूपमा समाप्त हुन्छ।
  • आज अखिल बलिपूर्ति गर्ने दिन भएकाले टीका–जमरा ग्रहण गर्ने क्रम पनि समापन हुने मान्यता रहेको छ।
  • यस दिन दुर्गा पक्ष सम्पन्न गरी, जाग्राम बसेर महालक्ष्मीको आगमन र सम्पन्नताको कामना गरिन्छ।

काठमाडौँ- बडादसैँ पर्व सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना तथा कोजाग्रत व्रतसहित आज सम्पन्न हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सायंकाल महालक्ष्मीको विशेष पूजा–आराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ।

यसै दिनदेखि १५ दिन लामो दशैँ पर्व औपचारिक रूपमा समाप्त हुने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज अखिल बलिपूर्ति गर्ने दिन पनि भएकाले विजयादशमीदेखि चलिआएको टीका–जमरा ग्रहण गर्ने क्रम आजैसँगै अन्त्य हुन्छ। बलिपूर्ति सम्पन्न गरेपछि जमरा नदी, पोखरी वा अन्य पवित्र स्थलमा विसर्जन गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष (दसैँ) आज महालक्ष्मीको पूजा–आराधनासँगै सम्पन्न हुने धार्मिक मान्यता छ। विश्वास अनुसार, आज राति जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मी स्वयं भ्रमण गरी धन–धान्य, ऐश्वर्य र सम्पन्नता प्रदान गर्नुहुन्छ। यही धार्मिक विश्वासकै आधारमा यो पर्व प्रचलनमा आएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताउनुभयो।

माता दुर्गाका तीन रूपमध्ये एक महालक्ष्मी को पूजा गरी दुर्गा पक्षलाई विदा गर्ने परम्परा छ। नवरात्र विजयादशमीका दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म रहने उल्लेखनीय तथ्य हो।

यस दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ। धार्मिक ग्रन्थअनुसार, आज राति जाग्रामसँगै जुवा खेल्ने विधान रहेको छ। साथै, महालक्ष्मीसँगै हात्तीमा आरूढ भगवान् इन्द्रको पनि विशेष पूजा गरिन्छ।

यसैबीच, असोज २१ गते मंगलबारदेखि कार्तिक स्नान र तुलसीको विशेष पूजा आराधना सुरु हुने छ। सोही दिनदेखि आकाशदीपदान गर्ने परम्परा पनि सुरु हुने समितिले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?