बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध

बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध
+
-
देशसञ्चार AI सारांश
  • बाढीपहिरोका कारण सङ्खुवासभाको कोशी राजमार्ग र ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्।
  • तनकपुरको पाख्रिबास र इलामको मेची राजमार्ग अवरुद्ध भएर स्थानीय यातायात पूर्ण रुपमा ठप्प भएको छ।
  • रसुवा र सिन्धुपाल्चोकको अरनिको राजमार्गमा बाढीले यातायात प्रभावित हुँदा चौध स्थानमा बाटो बन्द भएको छ।

काठमाडौँ- बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन् ।

यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका–५ स्याप्रुबँेसीलगायतका चार स्थानमा पूर्णरुपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

वर्षाका कारण आएको बाढीपहिरोबाट मकवानपुरको बकैया गाउँपालिका– ११ घट्टेखोलास्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेदी गाउँपालिका–८ स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी दक्षिणकाली सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?