
रसुवा- अविरल वर्षाका कारण रसुवामा बेपत्ता भएका व्यक्तिहरूमध्ये १२ जनालाई जीवितै उद्धार गरिएको छ भने ४ जनाको खोजी कार्य जारी छ।
मिति २०८२ असोज १७ देखि १९ गतेसम्म लगातार परेको वर्षाले गोसाईंकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा गएको विपद्पछि १६ जना हराएका थिए। तीमध्ये १२ जनालाई नेपाली सेना श्रीनाथ गणको टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको हो।
बाँकी ४ जनाको भने अझै पत्ता लागेको छैन। उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली खटिएका छन्।
ड्यामसाइड, भाङ्गे झरना लगायत पाँचवटा स्थानमा खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।