काठमाडौँ– जेन-जी आन्दोलनमा सम्पत्तिमाथि क्षति पुगी पीडित भएका बीमितलाई हिमालयन एभरेस्ट लिमिटेडले झण्डै २२ करोड भुक्तानी गरेको छ।
२३ र २४ भदौका दिन आन्दोलन हुँदा निजी सम्पतिमाथि पनि तोडफोड तथा आगजनी भएको थियो। त्यसपछि बिमा माग गर्दै हिमालयन एभरेस्टमा २४५ वटा दाबी परेको थियो।
जसमध्ये २८७ वटा दाबीमध्ये २४५ वटालाई २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरिएको कम्पनीका विभाग प्रमुख राेजराज लुइटेलले जानकारी दिए।
यसका साथै, हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बीमितहरूलाई आवश्यक कागजात र प्रक्रिया पुर्याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसमेत कम्पनीले अनुरोध गरेको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































