भदौ २३ र २४ को हिंसा र तोडफोडमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन: कार्की

भदौ २३ र २४ को हिंसा र तोडफोडमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन: कार्की
+
-

काठमाडौँ-  भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताएका छन्।

यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा प्रतिवेदनअगाडि कारबाही नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। गृहमन्त्रालयले जारी गरेको त्यस्तो निर्देशनको चौतर्फी विरोध भएको थियो।

आयोग अध्यक्ष कार्कीले भने भदौ २३ र २४ गते भएका फाैजदारी कानुन आकर्षित हुने घटनाको छानबिन गर्न नियमित कानुनी प्रक्रियाबाट कुनै अवरोध नहुने बताएका छन्। अध्यक्ष कार्कीले भनेका छन्-  ‘फाैजदारी अभियाेगमा अनुसन्धान र कारबाही गर्नका लागि जाँचबुझ आयाेगकाे प्रतिवेदन कुर्नु पर्दैन, नियमित प्रक्रियामा अनुसन्धान तहकिकात गर्न अवरोध छैन, तालुक निकायका नियमित फाैजदारी अनुसन्धान राेक्ने आयाेगकाे प्रक्रियामा पर्दैन।’

यसअघि गृहको विज्ञप्तिमा ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने’ भन्दै नियमित कानुनी प्रक्रिया अगाडि बढाइरहेका प्रहरीलगायत निकायलाई निरुत्साहित गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?