
काठमाडौँ – काठमाडौँमा मध्यरातिदेखि प्रहरीहरुले चौकी छाडेका छन्।
जेन-जी आन्दोलनका कारण विस्थापित भएका प्रहरीहरु समुदायकै पहलमा पूर्ववर्त अवस्थामा फर्किए पनि सोमबार रातिदेखि सबै प्रहरी चौकी, बिटबाट प्रहरी सहरी क्षेत्रमा केन्द्रित भएको हो।
प्रहरीका एक अधिकारीका अनुसार कम्तिमा इन्सपेक्टर भन्दा तलको नेतृत्वमा रहेका प्रहरी कार्यालयहरु मध्यरातिदेखि खाली गरिएको छ। जेन-जीका नाममा फेरि आन्दोलन सुरु हुने विश्लेषण गर्दै उनीहरुलाई धेरै संख्यामा हुने गरी एक ठाउँमा केन्द्रित गरिएको हो।
भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको छ। भीड नियन्त्रणका लागि प्रयोग गरिने कुनै पनि सामाग्री बाँकी नरहेको अवस्थामा प्रहरी आफैँ असुरक्षित भएको विश्लेषण उनीहरुलाई चौकी, बिट, अस्थायी बिटबाट तानेर कम्तिमा प्रभागमा राखिएको हो।