
अ
+
अ
अ
-
काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।
मंगलबार मलेसियालाई हराउँदा उनले ४८ रनको अविजित इनिङ खेलेसँगै १००० (एक हजार) रनको कोसेढुङ्गा पुरा गरेकी हुन्। इन्दुको ७७ खेलमा १ हजार ४३ रन जोडिन्।
हजार रनको आँकडा नजिक अन्य खेलाडी पनि रहेका छन्। जसमा उनी नजिक सीता रानामगरको ६३ इनिङमा ९६५ रन बनाएर सर्वाधिक रन प्रहार गर्ने दोस्रो स्थानमा रहँदा रुबिना क्षेत्रीको ७८ इनिङमा ९३६ रन पुरा गरेकी छन्।
त्यस्तै पूजा महतोको ४१ खेलमा ५१६ रन बनाएकी छिन्। १८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ रहेको छ।