
अ
+
अ
अ
-
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको संयोजकत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायत विषयमा महत्वपूर्ण निर्णय गर्नेछ।
बैठकमा मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल, महावीर पुन, जगदीश खरेलसहित गृह मन्त्रालय तथा अन्य निकायका अधिकारीहरू सहभागी छन्।