
अ
+
अ
अ
-
चीनतर्फको सगरमाथा क्षेत्रमा आएको भीषण हिमआँधीमा फसेका २ सयभन्दा बढी पदयात्रीहरूलाई उद्धार गर्न तिब्बत तथा केन्द्र सरकारले भरमग्दुर प्रयास गरिरहेका छन्।
शुक्रबार र शनिबार आएको भीषण हिमआँधीमा सयौँको संख्यामा पदयात्रीहरू सगरमाथाको पूर्वी मोहडा क्षेत्रमा फसेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जानकारी दिएका छन्।
घटनामा फसेका ३ सय ५० भन्दा बढी पदयात्रीहरूलाई सुरक्षित स्थामा पुर्याइएको छ भने बाँकी पदयात्रीहरूको मंगलबार दिनभरिमा उद्धार हुने तिब्बती अधिकारीहरूले बताएका छन्।
उद्धारकर्ताहरूले बाक्लो हिउँ र सीमित भिजिबिलिटीकाबीच फसेका पदयात्रीहरूलाई उद्धार गर्न प्रयास गरिरहेका छन्। स्थानीय गाउँलेहरूले खिचेको भिडियोमा घोडा र याकको सहायताले हिउँ पन्छाएर मानिसहरूको लामो लाइन अगाडि बढिरहेको देखिन्छ।