
काठमाडौँ–विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औँ बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालयमा अहिले बैठक चलिरहेको छ।
शनिबार र आइतबार देशभरको वर्षापछि भएको विपत्तीका विषयमा छलफल गर्ने बैठक बसेको छ। बैठकले राहत उपलब्ध गराउने, सडक सञ्चालन गर्नेलायत विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सरकारवाला निकायका पदाधिकारीको उपस्थिति रहेको छ।