देउवा-कोइराला नियमित महाधिवेशनको पक्षमा, गगन–विश्व विशेष महाधिवेशन माग्दै

देउवा-कोइराला नियमित महाधिवेशनको पक्षमा, गगन–विश्व विशेष महाधिवेशन माग्दै
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेसमा नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बन्दै गएको छ र यसमा विशेष महाधिवेशनको पक्षधार बढ्दो छ।

  • सभापति देउवा र नेता कोइराला नियमित महाधिवेशनबाट नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्, जबकि थापा र शर्मा विशेष महाधिवेशनको माग गर्दै छन्।

  • गगन थापा र विश्वप्रकाश शर्मा ४०% महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको तयारीमा जुटेका छन्।

काठमाडौँ – जेनजी आन्दोलनपछि कांग्रेसमा उत्पन्न भएको नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बन्दै गएको छ।

कांग्रेससमेत सहभागी एमाले नेतृत्वको सरकार भदौ २३ र २४ गतको जनेजी आन्दोलनबाट विस्थापित भएपछि पार्टीभित्र समेत नेतृत्व परिवर्तन हुनुपर्ने आवाज जब्बर बन्दै गएको छ।

देशको विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न कांग्रेसले असोज २६ गते दिउँसो केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

बैठक नजिकिदै जाँदा आन्दोलनको आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा अस्पतालबाट फर्केर बैठकको तयारीमा जुटेका छन्।

उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीका विभिन्न तहका नेताहरुसँग महाराजगञ्जस्थित निवासमा बसेर परामर्शलाई तीव्रता दिएका छन्।

सभापति देउवासँग नेता शेखर कोइरालाले समेत भेट गरेर पार्टीको भावी रोडम्यापबारे छलफल गरेका छन्।

नेतृत्व परिवर्तनको सवालमा देउवा र कोइराला एक ठाउँमा उभिन पुगेको स्रोतले बतायो। उनीहरु नियमित महाधिवेशनमार्फत नै पार्टीको नेतृत्व परिवर्तन गर्ने निष्कर्षमा पुगेको देउवा निकट एक नेताले जानकारी दिए।

अर्कोतर्फ पहिल्यैदेखि नेतृत्व परिवर्तनको पक्षमा उभिदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जेनजी आन्दोलनपछि थप आक्रामक बनेका छन्। उनीहरु विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका छन्।

पार्टीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको तयारीमा जुटेका छन्। कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो। महाधिवेशनबाट चार वर्षका लागि देउवाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको कार्यकाल आउँदो मंसिरमा सकिँदै छ।

तर क्रियाशील सदस्यतासहितका प्राविधिक काम बाँकी अवधिमा नसकिने हुँदा विशेष परिस्थिति भन्दै एक वर्षे सुविधा अवधिमा महाधिवेशन गर्ने पक्षमा देउवा-कोइराला पुगेका हुन्।

मंसिरमा नियमित महाधिवेशन गर्न संभव नहुने बुझेरै महामन्त्रीद्वय थापा र शर्मा पनि चार वर्षअघिकै प्रतिनिधिका आधारमा विशेष महाविधेशन गराउने पक्षमा उभिएका हुन्।

मंगलबार महामन्त्री शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न आह्वान गरेका छन्। उनले केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशनम जाने निर्णय गरे राम्रो हुने तर त्यसो नगरे ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएर अघि बढ्ने जनाएका छन्।

उनले जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्छ। असोज २६ को केन्द्रीय समितिमा यो सुझावबारे पनि छलफल गछौँ। यो सही सुझाव हो।’ तर केन्द्रीय समितिले विशेष महाधिवेशनमा जाने निर्णय नगरे ४० प्रतिशतको हस्ताक्षर बुझाएर अर्को बाटो पछ्उान लागिएको शर्माको भनाइ छ।

महामन्त्री शर्माले भनेका छन्, ‘अहिलेको विषम परिस्थितिमा जमेको पोखरीजस्तो बसिरहन चाहन्नौं, उपयुक्त निष्कर्षमा जरूर पुग्नेछौं। तर केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन नचाहेमा के गर्ने? ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले जे मागेको छ, त्यो मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ।’

विशेष महाधिवेशनको परिस्थिति नबने कांग्रेस विभाजन गर्नेसम्मको तयारीमा गगन विश्वले छलफल थालेका छन्। सभापति देउवासँगको भेटमा समेत उनीहरुले यसबारे बताएको स्रोतको दाबी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?