
अ
+
अ
अ
-
भक्तपुर- नेकपा एमाले जिल्ला कमिटी, भक्तपुरले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ बिहीबार बिहान भक्तपुरको गुण्डुस्थित तिथली चोकमा सुरु भएको छ।
महेश बस्नेतका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि र मुख्य वक्ताका रूपमा सहभागी हुने बताइएको थियो। तर, निर्धारित समयमा ओली उपस्थित भएका छैनन्।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपछिका राजनीतिक परिस्थितिले दलहरूमा पुस्तान्तरणको आवश्यकता देखिएको चर्चा भइरहेका बेला एमालेले आयोजना गरेको कार्यक्रममा ओलीको अनुपस्थितिले विभिन्न व्याख्या गरिएका छन्।
यसअघि बुधबार मात्र एमाले नेता बस्नेतले पत्रकार सम्मेलन गरी समसामयिक राजनीतिक अवस्था र आगामी योजनाबारे जानकारी दिएका थिए।
तस्बिरहरू: