हमासले छोड्न थाल्यो बन्धक, विपिनको शव अज्ञात

हमासले छोड्न थाल्यो बन्धक, विपिनको शव अज्ञात
+
-
देशसञ्चार AI सारांश
  • हमासले पहिलो चरणमा ७ जना बन्धक छोडेर रेड क्रसको जिम्मा लगाएको समाचार रोयटर्सले जनाएको छ।

  • इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्ने प्रक्रिया शुरुवात गरेको छ, यसअघि बन्धकहरू सुरक्षित आइपुग्नुपर्छ।

  • २० जना जीवित बन्धकलाई गाजाबाट इजरायलमा पुर्याउने क्रममा ६ देखि ८ वटा सवारी साधन उपयोग हुनेछ।

हमाले बन्धकहरु छाड्न सुरु गरेको छ। केही बेरअघि हमासले पहिलो चरणको बन्धकहरु छाडेको छ। एक घण्टाअघि मात्र हमासले आज छोडिन २० जीवित बन्धिहरुको सूची सार्वजानिक गरेको थियो।

यसैबिच इजरायली अधिकारीहरुले विपिन जोशी जीवित नहरेको जानकारी परिवार र राजदुतलाई गराएका छन्। हमासले इजरायली अधिकारीहरुलाई विपिन जीवित नरहेको हमासले जानकारी दिएको बताए। तर उनको शवको समेत अवस्था अज्ञात रहेको र आवश्यक्ता र सूचना पाएअनुसार घन्टा-घन्टामा जानकारी गराउने राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

आज छोडिने बन्धकहरुको पहिलो चरणमा ७ जना बन्धक हमासले अन्तर्राष्ट्रिय रेड क्रसको जिम्मा लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यो पटक हमासले अघिल्लो पटक बन्धक छाड्दा जस्तो समारोह नगरिनै छाडेको जनाइएको छ।

अघिल्लो पटक बन्धकहरू छाड्दा हमासले वरिपरि ठूलो संख्यामा नकाब र हतियारधारी लडाकूको भीड तयार पार्ने र त्यहीँ भीडको बीचबाट बन्धकहरुलाई छाड्ने दृश्य देखिएको थियो। यसले बन्धकलाई मनोवैज्ञानिक असर पर्ने भनेर यसअघि पनि इजरायलमा विरोध भएको थियो।

यसपटक बन्धक रिहा गर्दा उनीहरुमाथि त्यस्तो व्यवहार नहुने भएको हो। यसपटक हमासले कुनै पनि प्रचारात्मक दृश्य प्रदर्शन गर्न पाउने छैन। कुनै अमानवीय प्रदर्शन नहुने समेत इजरायली प्रधानमन्त्री कार्यालयकी प्रवक्ता शोश बेड्रोसियनले सीएनएनलाई जानकारी दिइन्।

इजरायली सरकारका अनुसार गाजामा रहेका २० जना जीवित बन्धकलाई हमासले सुरूमा अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाउने छ। रेडक्रसले ती सबैलाई ६ देखि ८ वटा सवारी साधनमार्फत इजरायल पुर्याइने जनाइएको छ।

मुक्त गरिएका बन्धकहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइन्छ। त्यसपछि उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल लगिने जनाइएको छ। बन्धकहरूको उपचारका लागि तीन वटा अस्पतालमा तोकिएको छ।

७२ घन्टाभित्र मृतकहरूको शव फिर्ता हुने सुनिश्चित अन्तर्राष्ट्रिय टोली खटाइने छ। इजरायली भूमिमा बन्धकहरू सुरक्षित आइपुगेपछि इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्नेछ।

सम्झौताअनुसार, इजरायलले आजीवन कारावास भोगिरहेका २५० जना प्यालेस्टिनी कैदीहरू र सन् २०२३ अक्टोबर ७ पछि गाजाबाट पक्राउ परेका १ हजार ७०० जना कैदीलाई मुक्त गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?