
काठमाडाैँ – एनआइसी एशिया बैंकका ग्राहकलाई काठमाडौं, सुकेधारामा रहेको Mercure Hotel मा विशेष छुट उपलब्ध गराउने भएकाे छ। यसका लागि होटल र बैंकबीच सम्झौता भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहकले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।