प्राध्यापक तथा समाजसेवी ‘दुर्गा-उपेन्द्रको स्मृतिग्रन्थ’ प्रकाशित

प्राध्यापक तथा समाजसेवी ‘दुर्गा-उपेन्द्रको स्मृतिग्रन्थ’ प्रकाशित
+
-
देशसञ्चार AI सारांश
  • ‘दुर्गा–उपेन्द्र स्मृतिग्रन्थ’ काठमाडौंमा लोकार्पण गरिएको छ, जसमा उनीहरूको योगदानको चर्चा गरिएको छ।
  • स्मृतिग्रन्थमा ९५ आलेखद्वारा शिक्षा र समाजसेवामा पोखरेल दम्पतिको भूमिका र स्मरण गरिएको छ।
  • लोकार्पणमा उपेन्द्रको सहयोगी र सकारात्मक सोचको प्रशंसा गर्दै ई. राजेश्वर आचार्यले समीक्षा गरे।

शिक्षा एवं समाजसेवी उपेन्द्र पोखरेल र उनकी धर्मपत्नी दुर्गा पोखरेलको सम्झनामा  स्मृतिग्रन्थ प्रकाशित भएको छ। काठमाडौंमा ‍आयोजित एक कार्यक्रमबीच त्रिभुवन विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र संकायका डिन प्राध्यापक दुबिनन्द ढकाल, पूर्वराजदूत राजेश्वर आचार्यलगायतले संयुक्त रुपमा ‘दुर्गा–उपेन्द्र स्मृतिग्रन्थ’ लोकार्पण गरेका हुन्।

स्मृतिग्रन्थमा शिक्षा र समाजसेवाका क्षेत्रमा उपेन्द्र पोखरेलको योगदान र त्यसमा अर्धांगिनीका रुपमा दुर्गाको साथ/सहयोगका रूपमा साथी, आफन्त र विज्ञ व्यक्तिहरूले चर्चा गरेका छन् । स्मृतिग्रन्थमा समेटिएका ९५ वटा आलेखमा दुर्गा–उपेन्द्रको जीवन र उनीहरूसँगको साथ–सम्झनालाई स्मरण गरिएको छ।

साहित्यकारसमेत रहेका उपेन्द्र पोखरेलले लामो समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा प्राध्यापन गरेका थिए। दुर्गा पोखरेल समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्।

कार्यक्रममा स्मृतिग्रन्थमाथि समीक्षा गर्दै प्राध्यापक अञ्जना वस्ती भट्टराईले स्मृतिग्रन्थले उपेन्द्र र दुर्गाले बाँचेको युगलाई जीवन्त चित्रण गरेको जनाइन्। अञ्जनाले उपेन्द्र-दुर्गालाई लामो समयदेखि नजिकबाट देखेकी थिइन्।

कार्यक्रममा पूर्वराजदूत तथा उपेन्द्रका समवयी राजेश्वर आचार्यले स्मृतिग्रन्थको चर्चा गर्ने क्रममा उपेन्द्र पोखरेलको विनोदप्रियता, सकारात्मक सोच र सहयोगीपनको प्रशंसा एवम् स्मरण गरेका थिए।

स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमको सञ्चालन दुर्गा–उपेन्द्रकी छोरी तनुजा पोखरेलले गरेकी थिइन्। तनुजा यही कार्यक्रमका लागि वासिङ्टन डिसीबाट नेपाल आएकी हुन्।
दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष