नेप्सेमा १९ अंकको गिरावट

नेप्सेमा १९ अंकको गिरावट
+
-

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ।

आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ।

आज म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ।

बैङ्किङ शून्य दशमलव ८२, विकास बैङ्क एक, वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको छ।

आजको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष