एन्फाले ‘होम एण्ड अवे’ लिग नगर्ने, पुरानै ढाँचामा गर्नका लागि छलफल गर्ने

एन्फाले ‘होम एण्ड अवे’ लिग नगर्ने, पुरानै ढाँचामा गर्नका लागि छलफल गर्ने
+
-

काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि आफैले प्रस्ताव गरेको होम एण्ड अवे लिग नगर्ने भएको छ। एन्फाले क्बलहरुको कारण देखाउँदै होम एण्ड अवे लिग नगर्ने तर पुरानै ढाँचाको लिग गर्ने विषयमा भने छलफल गर्न सकिने बताएको हो।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव किरण राईले प्रस्तावित होम एन्ड अवे लिगका लागि लामो तयारी चाहिने क्लबहरुको तर्कपछि गर्न नसकिने निष्कर्षमा एन्फा पुगेको बताए।

उनले भने, ‘शीर्ष डिभिजन क्लबहरुले प्रस्तावित लिगका लागि ८ देखि १० महिनाको तयारी समय लाग्ने बताएपछि हामी होम एण्ड अवे लिग तत्काल गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।’

उनले त्यत्रो समय यसै बस्न नसकिने भन्दै तत्कालका लागि पुरानै ढाँचामा लिग सञ्चालन गर्ने निष्कर्षमा एन्फा पुगेको बताए। साथै उनले क्लबहरुसँग छठपछि यस विषयमा छलफल गर्ने जानकारी दिए।

यसैबीच खेलाडी संघले भने विभिन्न कारण देखाएर खेलाडीहरु पलायन गराउने प्रयास भएको भन्दै आपति जनाएको छ। उसले ८ सय ५० दिनभन्दा बढी समय ‘ए’ डिभिजन लिग नभएको भन्दै फेरि पनि विभिन्न बाहनामा लिग सार्ने प्रयास भएको र त्यसको परिणाम सम्बन्धित पक्षले भोग्नु पर्ने चेतावनी दिएको छ।

विक्षप्तिमा संघले भन्यो, ‘लिग नभएपछिको अवधिमा एक सयभन्दा बढी व्यावसायिक फुटबल खेलाडी रोजगारीको लागि बाहिरिएका छन्। घरेलु फुटबलको पछिल्लो ३ वर्षमा परिचित अधिकांश खेलाडी देश बाहिर छन्। रोजगारीका लागि जान बाध्य हुनुको मुख्य कारण घरेलु फुटबल चलायमान बनाउन एन्फा नेतृत्वले दिलाउन नसकेको विश्वास नै मुख्य कारण हो।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष