
- नेपाल र ओमान अपराजित रहँदै शीर्ष ६ मा लगातार जितेर विश्वकपमा स्थान पक्का गरिसकेका छन्।
- राति हुने Super Six खेलमा जित हात पार्ने टिम उपाधि होडमा सबभन्दा अघि रहनेछ।
- कतारले जापानलाई हराउँदा युएइको विश्वकप सम्भावना कायम राख्न मद्दत गरेको छ।
नेपाल र ओमानले एक अर्काविरुद्ध भिडन्तअघि नै विश्वकपमा स्थान बनाउने निश्चित बनेको छ। यी दुई टिम अपराजित रहँदै शीर्ष ६ मा लगातार २ जित र समूहचरणको २ अङ्क सहित ६ अङ्क बनाएर शीर्ष र दोस्रो स्थानमा रहेर विश्वकप पुग्ने पक्काजस्तै छ। यस्तोमा आज राति हुने यी दुई टिमको नजर ट्रफीमा हुनेछ। अर्थात् आज जित्ने टिम उपाधि जित्न सर्वाधिक दाबेदार बन्नेछ। समूह विजेता बनेर उपाधि उचाल्न दौडमा अघि रहनेछ।
आज राति ८ः४५ मा सुरु हुने सुपर सिक्सको तेस्रो खेलमा जुन टीमले जित हात पार्ने टिम विश्वकप सँगै उपाधि होडमा समेत सर्वाधिक अघि रहने छ। लीग चरण र सुपर सिक्स गरी खेलिसकिएको चार खेलमा नेपाल र ओमान दुवै टोली अपराजित छन्। तर नेटरनरेटमा ओमान अघि छ। तर आजको खेलले अङ्ककै आधारमा शीर्ष स्थानको तय हुने भएकाले पनि यो खेल महत्वपूर्ण मानिएको छ।
एसोसियट राष्ट्रबीच शीर्ष बन्ने लडाइँमा जहिले पनि नेपाल, ओमान र यूएईबीच त्रिपक्षीय भिडन्त हुँदै आएको इतिहास छ। तर यो पटक युएई नेपालसँग १ रनले पराजित भयो। अर्को खेलमा ओमानसँग पनि पराजय भोग्न बाध्य भयो। त्यसैले शीर्षताको होडबाट युएई पछि हटिसकेको छ। तर उसले विश्वकपमा स्थान बनाउने प्रयासलाई भने कायम राख्यो। आज कतारले जापानलाई हराएर युएइको विश्वकप सम्भावनालाई कायम राख्न सहयोग गर्यो। बाँकी आफ्नो खेल जितेमा युएइ तेस्रो स्थानमा रहेर विश्वकप पुग्न सक्नेछ।
तर जारी सुपर सिक्सको भिडन्तमा नेपाल दुबै खेलमा रोमाञ्चक जित निकालेर अपराजित छ भने ओमान सहज जित सहित शीर्ष स्थानमा पुगेको छ। त्यसैले ओमान विरुद्ध नेपाल अघिल्ला खेलमा जस्तो गल्ति गरेमा नाटकिय जितको सम्भावना झिनो हुने छ। त्यसैले ब्याटिङ र बलिङ तथा फिल्डीङमा आफ्नो रवाफिलो प्रदर्शन आज सर्वाधिक आवश्यक छ।
तर आजको खेल ओमानसँग भएको र उसको घरेलु मैदान र साथले उसलाई केही बढी फाइदा पुग्ने छ। तर नेपालीहरुको निरन्तरको उत्साहपूर्ण सहभागिताले नेपालले पनि दर्शकको अभाव महसुस गर्नु पर्ने छैन।