
अ
+
अ
अ
-
काठमाडौँ- तीन पूर्वमहान्यायाधिवक्ताहरुले पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्च नजान सभामुख देवराज घिमिरेलाई सुझाव दिएका छन्।
बिहीबार सभामुखलाई भेट्न पुगेका पूर्वमहान्यायाधिवक्ताहरु महादेव यादव, भरतबहादुर कार्की र खम्बबहादुर खातीले पुनर्स्थापनाको मुद्दा लिएर नजान सुझाव दिएका हुन्।
यादवले चुनावको मिति तय भएको अवस्थामा पुनःस्थापनातिर नलाग्न सुझाव दिए।
खाती र कार्कीले भने मुद्दा जाँदा पुनःस्थापना हुने आधार भए पनि राजनीतिक परिस्थिति थप बिग्रन सक्ने भएकाले सभामुख नै मुद्दामा जानु उपयुक्त नहुने सुझाव दिएको सभामुखको सचिवालयले जानकारी दियो।
विघटनविरुद्ध अदालतमा मुद्दा पुगेकाले न्यायीक परीक्षण हुने हुँदा सभामुखकै अग्रसरतामा अदालत जानु स्वभाविक नहुने उनीहरूको राय थियो।