सरकारको कदमलाई महेश बस्नेतको टिप्पणी: ‘अनावश्यक स्टन्टबाजी बन्द गर्नुस्’

सरकारको कदमलाई महेश बस्नेतको टिप्पणी: ‘अनावश्यक स्टन्टबाजी बन्द गर्नुस्’
+
-

काठमाडौँ- नेकपा (एमाले) का नेता महेश बस्नेतले सरकारले तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने तयारीलाई “स्टन्टबाजी” भएको टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सरकारको यो कदमलाई नाटकसमान रहेको बताएका छन्।

उनले लेखेका छन्, “तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने नाटक सुरु गरेछ। जहाँसम्म केपी शर्मा ओलीज्यूको कुरा छ, उहाँले त धेरै अघि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नुभएको छ।”

बस्नेतले पूर्वप्रधानमन्त्री ओलीको “शेष सम्पत्ति” खोज्नेहरूको आलोचना गर्दै लेखेका छन्, “गएर हेर्नुस्, तपाईंहरूकै योजनामा जलाइएका बालकोटका घर र खरानी बनेका पुस्तकालयहरूमा। त्यो नै उहाँको सम्पत्ति हो — देश, जनता र सिद्धान्तप्रति अटुट समर्पण।”

उनले अन्त्यमा सरकारलाई “अनावश्यक स्टन्टबाजी बन्द गर्न” आग्रह गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष