
अ
+
अ
अ
-
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।
दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिन्छन्।
उनीनिकट सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत् यसबारे जानकारी दिएकी हुन्। उनले लेखेकी छन्- ‘जापानी राजनीतिको पिता मुरयामा तोमिचीको बिहान ११:२८ बजे ओइटा सिटीस्थित अस्पतालमा निधन भएको छ ।’
मुरयामाले जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गरेका थिए। उनी १९९४ देखि १९९६ सम्म जापानको प्रधानमन्त्री रहे।