तेस्रोपटक अध्यक्षमा दाबी नगर्न ओलीलाई बास्कोटाको सुझाव

तेस्रोपटक अध्यक्षमा दाबी नगर्न ओलीलाई बास्कोटाको सुझाव
+
-
देशसञ्चार AI सारांश
  • एमाले पालिटब्युरो सदस्य गोकुल बास्कोटाले केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा दाबी नगर्न सुझाव दिएका छन्।
  • ओलीले विधान संशोधन गरेर अध्यक्षको टिप्पणी गरे पनि बास्कोटाले नेतृत्वमा दाबी छाड्न सल्लाह दिएका हुन्।
  • बास्कोटाले विद्या भण्डारीको पार्टी सदस्यता नविकरण बदर गर्न ओलीलाई निर्णय सच्याउन माग गरेका छन्।

काठमाडौँ – एमाले पालिटब्युरो सदस्य गोकुल बास्कोटाले केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा दाबी नगर्न सुझाव दिएका छन्।

ललितपुरमा जारी केन्द्रीय कमिटिको बैठकमा धारणा राख्दै बास्कोटाले दुई कार्यकाल मात्रै अध्यक्ष हुनु पाउने व्यवस्था आफैँले लडेर ल्याएको स्मरण गर्दै त्यसमा टिक्न ओलीलाई सुझाव दिएका हुन्।

तेस्रो कार्यकाल अध्यक्ष हुन ओलीले भदौमा भएको विधान महाधिवेशनबाट विधान संशोधन गराएका थिए। आउँदो मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने प्रस्ताव ओलीले जारी केन्द्रीय कमिटि बैठकमा राखेका छन्। त्यस्तो अवस्थामा अब पनि नेतृत्वमा दाबी छाड्न बास्कोटाले प्रष्ट भाषामा ओलीलाई सुझाव दिएका हुन्।

त्यस्तै ओलीले विद्या भण्डारीको पार्टी सदस्यता नविकरण बदर गर्ने निर्णय सच्याउन माग गरे। उनले भने, ‘दुई कार्यकाल मात्रै अध्यक्ष हुनु पाउने विधानको व्यवस्था आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा अडिनुहोस्। विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको ? सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो।’

जेनजी आन्दोलन त्यसमा भएको हिंसाबारे तत्कालीन ओली नेतृत्वको सरकारले जानकारी नपाउनु र जानकारी पाएर पनि क्षति रोक्न नसक्नु स्वभाविक नभएको टिप्पणी गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष