
एएफसी यू–१७ महिला एसियन कप २०२६ को छनोटमा नेपाली किशोरी टोलीले फराकिलो हार भोगेको छ। छनोट प्रतियोगितामा नेपाली किशोरी टोलीले घरेलु टोली थाइल्याण्डसँग लज्जास्पद हार ब्यहोरेको हो। शुक्रबार चोनबुरी स्टेडियममा भएको खेलमा नेपाल थाइल्याण्डसँग १ दर्जन गोल खान पुग्यो।
खेलमा थाइल्याण्ड सुरुदेखि नै हाबी भएको थियो र पहिलो हाफमै ८(० को अग्रता बनाएको थियो। थाइल्याण्डले दोस्रो हाफमा थप ४ गोल थप्दै खेलमा विशाल जित दर्ता गर्याे।
थाइल्याण्डको जितमा कुरिसारा लिम्पावानिच एक्लैले ५ गोल गर्दा पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेकी थिइन्। त्यस्तै मोन्थिडा रुएनरोएङ, चार्लोट सिटिप्रासन तथा पट्टारामोन साएङताले समान २(२ गोल गरेका थिए। त्यस्तै सुराचा तायावात र पट्टावावी बूनमालाको नाममा एक(एक गोल रह्यो।
नेपालका सम्झना चन्द र दीक्षा तामाङले आत्मघाती गोल उपहार दिंदा नेपाल थप दबाब पूर्ण हार ब्योहोर्न बाध्य भयो। प्रतियोगितामा नेपालको कप्तानी सबित्रा कार्कीले गरेकी थिइन्।