
हुम्ला – किसानले एउटा फर्सी २२ केजी तौलको फलाएका छन्। जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाका एक जना किसानको चिनो लगाएको जग्गामा सो फर्सी फलेको हो।
चङ्खेली गाउँपालिका– ६ को मेल्छाम गाउँका घनसिंह बिकले एउटाा फर्सी बाईस केजी फलाउनु भएको सोही गाउँका स्थानीय हर्क बुढाले बताए।
यो वर्ष किसानहरुको फर्सी राम्ररी फलेको बताउदै आफू जान्ने भएदेखि हालसम्म यती तौलको फर्सी कहिल्यै नदेखेको उनले बताए।
बिकले चिनो लगाएको जग्गाबाट सो फर्सी काँँधमा बोकेर धौ धौ गरि घर पुर्याएका थिए। अन्य फर्सी पनि पन्द्रदेखि बीस केजी तौलसम्म फलेका छन। कुनै हाईब्रीड बीउको फर्सी नभएर स्थानीय जातको बीउबाट यति धेरै तौलको फर्सी फलाउन किसान सफल भएका हुन। उक्त गाउँमा यसवर्ष पर्सी पनि धेरै फलेको छ।