
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर प्रचण्डले झुट बोलेको बताएका छन्।
आइतबार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले आफूले गर्दै नगरेको काम गर्यो भनेर प्रचण्डले झुट बोलेको दाबी गरे।
ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भए प्रणाण देखाउन पनि दाहाललाई चुनौती दिए।
उनले भने, ‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन। अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो। केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर।’
आफूले संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको तर कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि सिफारिस नगरेको बताए।