एन्फा विवादः कार्यवाहक अध्यक्ष खड्काले गरे महासचिवलाई निलम्बन

एन्फा विवादः कार्यवाहक अध्यक्ष खड्काले गरे महासचिवलाई निलम्बन
+
-

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद उत्कर्षमा पुगेको छ। एन्फा अध्यक्ष र महासचिव देशबाहिर रहेको अवस्थामा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव किरण राईलाई निलम्बन गरेको जनाएका छन्।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीसहित उनले केही दिनअघि स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ नपाएको भन्दै खड्काले उनलाई अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका हुन्।

अध्यक्षले साउदी अरेबिया जाँदा वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्यवाहकको जिम्मेवारी भने दिएका थिएनन्। तर उनले विधानअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष स्वतः कार्यवाहक अध्यक्ष हुने भएकाले त्यो अधिकार प्रयोग गरेको बताउँदै आएका छन्।

तीन दिनअघि खड्काले राइलाई लिग किन गराउन नसकेको भन्दै तीन दिने स्पष्टीकरण सोधेका थिए। तर, विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि आइतबार खड्काले निलम्बन गरेको बताए।

एक एन्फा पधाधिकारीले कार्यसमिति बैठकले गरेको निर्णय कुनै एकजनाले सनकका भरमा गर्न नसक्ने र त्यसका लागि कार्यसमितिले नै निर्ण गर्नुपर्ने बताए। ती पधाधिकारीले विवाद सिर्जना गर्न र मिडिया खपतका लागि मात्र यो नाटक रचिएको बताए।

यही विषयमा एन्फा प्रवक्ता सुरेश साहलाई बुझ्दा उनले आफूलाई बैठकका बारेमा केही जानकारी नभएको र कारबाहीलगायत विषय पनि आफ्नो जानकारीमा नभएको बताए। खड्काले नयाँ व्यवस्था नभएसम्मका लागि सहायक महासचिव दामोदर भट्टराई (बद्रि)लाई कार्यवाहक महासचिव तोकेको जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष