
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट उनकी छोरी गंगा दाहालले राजीनामा दिएकी छन्।
उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले आफूले प्रचण्डको सचिवालयबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।
आफूलाई देखाएर पार्टी र संयोजक प्रचण्डमाथि योजनाबद्ध रुपमा प्रहार भइरहेकोले पार्टीलाई राम्रो होला भनेर राजीनामा दिएको बताएकी छन्।
उनले भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु।’